Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

रिभर फल्सको आइपीओमा माग भन्दा बढि आवेदन

रिभर फल्सको आइपीओमा माग भन्दा बढि आवेदन


काठमाडौं, ४ जेठ । रिभर फल्स पावरको साधारण सेयर ९आइपीओ०मा माग भन्दा बढी आवेदन परेको छ ।


अहिलेसम्म आइपीओमा माग भन्दा ६.४७ गुणा बढी आवेदन परेको हो । २७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई १ लाख ३६ हजार ५ सय कित्ता र कर्मचारीलाई ५४ हजार ६ सय कित्ता छुट्याएर बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर निष्काशन गरिएको थियो ।

जसमा अहिलेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताले १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता सेयरमा आवेदन दिएका छन । आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल रहेको छ । आइपिओमा बुधबारसम्म आवेदन दिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x