Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

बजेटमा बुढीगण्डकी आयोजना प्राथमिकतामा

बजेटमा बुढीगण्डकी आयोजना प्राथमिकतामा

काठमाडौं, ५ वैशाख । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा मुख्य प्राथमिकता दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कम्पनी मोडलमा बनाउने टुंगो लगाएसँगै बजेटमा मुख्य प्राथमिकतामा पर्न लागेको हो ।

तीन साताअगाडि सरकारले चिनियाँ गेजुवा कम्पनीलाई दिने निर्णय खारेज गर्दै बुढीगण्डकी जलविद्युत आयोजना आफै बनाउने निर्णय गरेको थियो । ‘आगामी बजेटमा बुढीगण्डकी आयोजना प्राथमिकतामा परेको छ,’ ऊर्जा मन्त्रालयका प्रवक्ता मधु भेटवालले जानकारी दिए ।

विगतमा कसले बनाउने भन्ने विषय टुंगो नलगाउँदा समस्या आएपनि सरकारले आफै बनाउने निर्णय भएकोले अब निर्माणको चरणमा जानेगरी बजेटमा व्यवस्थापनमा जानेसमेत भेटवालले बताए ।

बुढीगण्डकीमा अहिलेसम्म ३३ अर्ब ५० करोड रूपैयाँ मुआब्जा वितरण भइसकेको छ। चालु आर्थिक वर्षमा थप ५० करोड रूपैयाँ वितरण गर्ने योजना रहेपनि खर्च भएको छैन ।

आगामी वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी बजेटको व्यवस्थापन सरकारले बुढीगण्डकी आयोजनलाई गर्न लागेको हो ।

निर्माण सुरु भएपछि सर्वसाधारणलाई १० देखि २१ प्रतिशतसम्म शेयर लगानी गर्न पाउनेगरी प्रस्ताव तयार पारिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x