Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

लगानी बोर्ड र नबिल बैंक बीच समझदारीपत्रमा हस्ताक्षर

लगानी बोर्ड र नबिल बैंक बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ५ जेठ । प्रत्यक्ष वैदेशिक लगानी र व्यापार साझेदारी प्रवद्र्धन गर्न समन्वय गर्ने हेतुले नबिल बैंक र लगानी बोर्डको कार्यालयबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नु भएको छ ।


सो पत्रमा विशेष गरी विदेशी प्रत्यक्ष लगानी च्यानलिङ र दिगो वित्तिय अबसरहरूमा सहकार्य गर्ने कुरा उल्लेख गरिएको छ । लगानी बोर्डले लगानीकर्ताहरूका लागि नेपालका सम्भावित परियोजनाहरुको विषयमा जानकारी प्रदान गर्ने, संयुक्त रूपमा लगानी प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरू आयोजना गर्ने र विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आकर्षण गर्न समन्वय र सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।


लगानी बोर्डको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस समझदारीले बोर्ड र बैंकबीचमा रणनीतिक सम्बन्धको प्रवद्र्धन मार्फत साझेदारी संस्कृतिको विकास हुने बताउनुभयो । साथै लगानी कर्ताको सहजीकरणका लागि वेभमा आधारित बन स्टप सर्भिस जस्ता प्रणालीहरुको विकास भइरहेको जानकारी दिनुभयो ।


त्यसै गरी नेबिल बैंकका अध्यक्षउपेन्द्र प्रसाद पौड्यालले नेपालको दीगो विकासमा लगानी बोर्डको भूमिका महत्वपूर्ण रहेको र आगामी दिनहरुमा वातावरणीय र सामाजिक समस्यालाई ध्यानमा राखेर आयोजना विकास र कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उक्त अवसरमा नेबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले लगानी बोर्डले हाल अगाडि बढाएका गतिविधिहरुको प्रशंसा गर्दै उक्त समझदारीले प्रत्यक्ष विदेशी लगानी भित्र्याउनका लागि सहकार्य गर्न पर्याप्त अवसरहरु सिर्जना गरेको बताउनु भयो ।


उक्त कार्यक्रममा लगानी बोर्डको कार्यालयका सहसचिव अमृत लम्साल, उपसचिव रमेश अधिकारी, नबिल बैंकका उपमहाप्रबन्धक, आदर्श बजगाईं तथा बैंकका तर्फबाट अन्य पदाधिकारीहरु र लगानी बोर्डको कार्यालयका कर्मचारी एवं परामर्शदाताहरुको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x