इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा लखपति
काठमाडौं, ५ जेठ । इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्ने एकजना विजेताले १ लाख प्राप्त गर्ने भएका छन । जेठ ०५ देखी आगामी भाद्र ०४, सम्मका लागि लागु हुने यो योजनामा सहभागी हुन ग्राहकहरुले कुनै पनि जीवन बीमाको प्रिमियम इसेवाबाट नवीकरण गर्नु पर्ने बताइएको छ ।
यस्तै बिजेताले १ लाख जितेका एजेन्ट र शाखा कार्यालय दुवैले पनि रु २० हजार प्राप्त गर्ने छन । साथै दैनिक रु. १ हजार पुरस्कार दिने योजना समेत सार्वजनिक गरेको छ । दैनिक रु. १ हजार पुरस्कार विजेताहरुलाई हरेक हप्ताको शुक्रबार घोषणा गरिने इसेवाले बताएको छ ।
आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्ने सक्ने समेत बताएको छ ।
रु. १ लाखको विजेता भने अभियान समाप्त भएको एक हप्ता भित्र घोषणा गरिने बताइएको छ ।