Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छु शंका गर्न आवश्यक छैन : अर्थमन्त्री शर्मा

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छु शंका गर्न आवश्यक छैन : अर्थमन्त्री शर्मा


काठमाडौं, ६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएका छन । अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको समेत मन्त्री शर्माले बताएका छन ।

अर्थमन्त्री शर्माले बिहीबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको दावी गरेका छन ।


मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताएका छन । उनले त्यो बेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको पनि बताएका छन । उनले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार, सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिबी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताएका छन ।


अर्थमन्त्री शर्माले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिता त्यता तिर रहेको बताएका छन । उनले राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको बताएका छन । अर्थमन्त्री शर्माले नेपालमा सबै कुराले अनकुलता रहेकाले अनकुलतालाई प्रयोग गरेर मुलुकको गरिवी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने बताएका छन ।


अर्थमन्त्री शर्माले इन्धनको मूल्य बढ्दा हरेक क्षेत्रमा असर पर्ने गरेको भन्दै यसतर्फ पनि आफ्नो ध्यान गएको जानकारी गराएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x