Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

शुक्रबार पनि सेयर कारोबार, नेप्से घट्यो

शुक्रबार पनि सेयर कारोबार, नेप्से घट्यो

काठमाडौं, ६ जेठ । सरकारले जेठदेखि सातामा दुई दिन विदा दिन गरेको व्यवस्था आज शुक्रबारदेखि शेयर कारोबारको हकमा पनि लागू भएको छ ।

उक्त व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुनेछ भने शनिबार र आइतबार विदा हुनेछ ।

सरकारले वैशाखमै आइतबार पनि सार्वजनिक विदा दिएर शुक्रबार पूरै दिन कार्यालय समय तोकेपछि नेपाल स्टक एक्सचेन्जले त्यसलाई कार्यान्वयन गरेको हो ।

नयाँ व्यवस्थासँगै आज शुक्रबार सेयर कारोबार भइरहेको छ । दिउँसो साढे १ बजेसम्म नेप्से ४.१३ अंकले घटेको छ । हालसम्म कारोबारमा २१५ कम्पनी सामेल भएकामा ११ लाख ८४ हजार २११ कित्ता शेयर खरिद बिक्री भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म ३९ करोड ६६ हजार ८२९ रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x