Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

इण्डोनेसियाले पाम तेलको प्रतिबन्ध हटाउने, सोमबारबाट नेपालमा पनि आयात

इण्डोनेसियाले पाम तेलको प्रतिबन्ध हटाउने, सोमबारबाट नेपालमा पनि आयात

काठमाडौं, ६ वैशाख । इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । पाम तेलको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता मुलुक इण्डोनेसियाले निर्यात खुला गर्ने निर्णय गरेको हो ।
आफ्नै मुलुकमा तेलको मूल्य उच्च भएपछि गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेल निर्यात रोकेको थियो । आगामी सोमबारबाट इण्डोनेसियाको पाम तेल निर्यात खुला हुने बीबीसीले जनाएको छ ।
इण्डोनेसियाले पाम तेलको निर्यात रोक्दा नेपाली बजार पनि त्यसबाट प्रभावित भएको थियो । बिस्कुट, साबुन, चाउचाउ लगाउतका उद्योगमा कच्चा तेलको रुपमा प्रयोग हुनुका साथै नेपालमा प्रशोधन भएर ठूलो मात्रामा पाम तेल भारत निर्यात हुँदै आएको थियो । पाम तेलको आयात प्रभावित हुँदा ठूलो लगानीका झण्डै दुई दर्जन प्रशोधन उद्योग र रोजगारी पनि समस्यामा परेको थियो ।
मोरङ व्यापार संघका निवर्तमान पूर्व अध्यक्ष प्रकाश मुन्दडाले आगामी सोमबारदेखि पाम तेलको आयात हुने जानकारी पाएको बताए । ‘भारतमा खुलेपछि नेपालमा पनि खुल्छ होला नै,’ मुन्दडाले भने, ‘आगामी सोमबारबाट आयात नियमित हुन सक्छ ।’
चालु आर्थिक वर्षको चैतसम्म ३३ अर्ब ६१ करोड रुपैयाँ बराबरको २४ करोड ७८ लाख लिटर पाम कच्चा तेल नेपाल भित्रिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *