Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मूल्यवृद्धिसँग सचेत हुन राष्ट्र बैंकका पूर्व निर्देशक थापाको आग्रह

मूल्यवृद्धिसँग सचेत हुन राष्ट्र बैंकका पूर्व निर्देशक थापाको आग्रह

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक नरबहादुर थापाले मूल्यवृद्धिसँग सचेत हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कुनै पनि वस्तुको १० रुपैयाँ मूल्य बढ्दा धनीलाई केही फरक नपरेपनि गरिबलाई असर गर्ने भएकाले मुल्यवृद्धिसँग सचेत हुनुपर्ने उनको आग्रह हो ।

संसारभर अहिले मूल्यवृद्धिको वेभ आइरहेकोले प्रायः सबै अर्थतन्त्र यसको मारमा परेकाले देशको नीति निर्माणको केन्द्रमा सरकार हुनुपर्ने पूर्व निर्देशक एंव अर्थजानकार थापाको भनाई छ ।
पछिल्लो समय नेपालको अर्थतन्त्रको प्रकृति हेर्दा सबैभन्दा धेरै डराउनुपर्ने स्थितीले गर्दा अर्को हप्ता आउन थालेको बजेट अघि आउने निति तथा कार्यक्रममलाई बलियो पार्दै बजेट निस्कनुपर्नेमा उनले जोड दिए ।

मूल्यवृद्धिले गरिबलाई मारमा पार्नुका साथै अर्थतन्त्रको क्षयीकरण पनि गर्ने भएकाले सरकारी तथा व्यापारिक संस्थामा क्षति हुने उनले औंल्याउँदै उत्पादन संगै प्रतिस्पर्धी क्षमता गुमाउँदै जानुपरेको अर्थजानकार थापाले औंल्याए । मुद्रास्फ्रिति, विनिमय सञ्चितिको तेस्रो ऊर्जामा दबाब आउनुका साथै जनता मारमा पर्ने उनले औल्याए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x