Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सञ्चार मन्त्रालयले एनटीए बोर्ड सदस्य बन्न आवेदन माग्यो

सञ्चार मन्त्रालयले एनटीए बोर्ड सदस्य बन्न आवेदन माग्यो

काठमाडौं, ९ जेठ । सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त हुने दुई सदस्य नियुक्त गर्न आवेदन माग गरेको छ । मन्त्रालयले प्राविधिक र लेखा तथा लेखापरीक्षण तर्फका पदमा आवेदन मागेको हो ।


मन्त्रालयले दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनुपर्ने सर्त राखिएको छ । मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा सात वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मापदण्ड छ ।


सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्रांकित प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा सात वर्षको अवधि काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्ने सर्त तोकिएको मन्त्रालयले जनाएको छ ।


इच्छुक उम्मेदवारहरुले जेठ २५ गते भित्र आवेदन पेस गर्ने समयसीमा तोकिएको छ । सरकारले प्राधिकरणको बोर्ड सदस्य नियुक्त गर्न सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । प्राधिकरणका सदस्यहरु चुडामणि चौलागाईं र टेकनाथ आचार्यको कार्यकाल जेठमा सकिँदै छ ।
सरकारले चौलागाईं र आचार्यलाई २०७४ जेठ १९ मा प्राधिकरणको संचालक समिति सदस्यमा नियुक्त गरेको थियो । दुवै सदस्यको कार्यकाल आगामी जेठ १८ मा ५ वर्ष पुग्दैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x