Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

खाना पकाउने प्रतियोगिता हुँदै, बिजेताले पाउनेछ ५० हजार रुपैयाँ र किचेन सेट

खाना पकाउने प्रतियोगिता हुँदै, बिजेताले पाउनेछ ५० हजार रुपैयाँ र किचेन सेट

काठमाडौं, २५ वैशाख । स्नेहा ट्राभल्स मिडीया र नेपाल युनिक ट्यालेण्टको संयुक्त आयोजनामा सगतानी एक्जिमको प्रस्तुती कलेज सेफ आईकन, नेपाल २०१८ नामक प्रतियोगिता हुने भएको छ । नेपाली खाना र यसको प्रस्तुतीको विकासको लागि उक्त प्रतियोगिताको आयोजना हुने भएको हो ।

यस प्रतियोगिताको लागि जेठ १५ गतेबाट अडिसन सुरु भई जेठ १९ गतेबाट नेपाल टेलिभिजनमा यो कार्यक्रम प्रसारण हुने छ । प्रत्येक हप्ता शनिबार दिउसो प्रसारण हुने यो कार्यक्रम असाढ ३० गतेसम्म प्रसारण हुने जनाइएको छ ।

प्रतियोगितामा सहभागिहरुले नेपाली हेरिटेज खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा ईटालियन खाना, यण्डियन खाना, र चाइनिज खाना गरी ५ विधाहरु समावेश गरिएको छ । प्रतियोगितामा नेपालमा होटल म्यानेजमेन्ट अध्यायनरत विद्यार्थीहरुलाई सहभागी गराउने आयोजकले बताएको छ ।

यस प्रतियोगितामा नेपालका ७ स्थापित सेफहरुले निर्णयकको भुमिका निर्वाह गर्ने छन् । साथै प्रतियोगितामा प्रथम विजेताले पचास हजार रुपैयाँ र किचेन सेट उपहार, दोस्रो हुनेले ३० हजार रुपैयाँ र किचेन सेट र तेस्रो हुनेले १५ हजार रुपैयाँ र किचेन सेट उपहार पाउने आयोजकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x