Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायो

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायो

काठमाडौं, ११ जेठ । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । आगामी जुन १ बाट लागु हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको जनाएको छ । यसअघि भारतले गहुँ निर्यातमा पनि प्रतिबन्ध लगाएको थियो ।


चिनी उत्पादनको सिजनमा एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ । सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय जनाएको छ ।


हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ । यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ । बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ । भारतले चिनी निर्यातमा लगाएको रोकले नेपालमा केही प्रभाव पर्ने देखिन्छ ।


भारतबाट मात्रै चालु आवको १० महिनामा ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो । कुल चार अर्ब ७० करोड बराबरको चिनी आयात भएको हो ।
भारतले सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुटको घोषणा गरेको छ भने दुई आर्थिक वर्षसम्मको लागि २० लाख मेट्रिक टन बराबरको सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भन्सार नलाग्ने घोषणा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x