Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, २५ वैशाख । लगातार दुई घटिरहेको शेयर बजार मंगलबार भने दोहोरो अंकले बढेको छ । मंगलबार शेयर बजारको परिसुचक नेप्से परिसुचक १५.६५ अंकले बढेर १३६२.०२ विन्दुमा पुगेको छ । शेयर बजार आज समग्र १.१६ प्रतिशतले बढेको हो ।

मंगलबार कारोबार रकममा समेत सुधार देखिएको छ । कुल १६५ कम्पनीहरुको १४ लाख ३९ लाख ३९३ कित्ता शेयरको किनबेचबाट ५० करोड ५४ लाख ८९ हजार ३२२ रुपैयाँ बराबरको कारोबार भएको छ । आगामी महिनाबाट शेयर दलालमार्फत मार्जिङ लेडिङको व्यवस्था लागु हुने आशामा शेयर बजार सुधार भएको एक लगनीकर्ताले बताएको छ । मार्जिङ लेडिङको कार्यविधीको बारेमा अन्तिम छलफल पछि यो व्यवस्था लागु हुने धितोपत्र बोर्डले जनाउको छ ।

मंगलबार कारोबार भएका ९ समुहगत परिसुचकहरु मध्ये उत्पादन समुहको बाहेक सबै समुहगत परिसुचकहरुमा सुधार भएको छ । उत्पादन समुह मंगलबार २.४३ अंकले झरेको छ । यस्तै मंगलबार वाणिज्य बैंक ११.७४, होटल ४३.८८, विकास बैंक १८.१७, जलविद्युत २०.३, वित्त ०.१४, वीमा १५१.२३, अन्य समुह ०.०६ र लघुवित्त समुह ३५.७६ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x