Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कामना सेवा विकास बैंकद्वारा बाह्रौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा बाह्रौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं, १३ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।


बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती न.पा. वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको बताएको छ ।


सो स्थानमा स्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल सोम प्रसाद अधिकारी लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । सो वडाका वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले बताएको छ ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने भएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकको रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x