सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, १५ जेठ । यस साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको स्थिर रहेको छ ।
गत शुक्रबारको तुलनामा यस दिन छापावाला सुनको मूल्य र चाँदीको मूल्य स्थिर रहेर कारोबार हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको पहिलो दिन आइतबार पनि मूल्यमा कुनै परिर्वतन नभई सुन प्रतितोला ९८ हजार र चाँदीको प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।