Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागरिक उड्डयन क्षेत्र विस्तारका लागि १२ अर्ब २४ करोड

नागरिक उड्डयन क्षेत्र विस्तारका लागि १२ अर्ब २४ करोड

काठमाडौं, १५ जेठ । नागरिक उड्डयन क्षेत्र विस्तारका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ।


सरकारले आगामी वर्षको बजेटमार्फत नागरिक उड्डयन प्राधिकरणलाई नयाँ आर्थिक वर्ष भित्रै संगठन संरचना परिमार्जन गर्ने योजना समेत सार्वजनिक गरेको छ।


प्राधिकरणलाई सेवा र नियमनकारी गरी दुई निकायमा विभाजन गर्ने योजना रहेको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताए।
पूर्वाधार विस्तारअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि दुई अर्ब रुपैयाँ बजेट छुट्याइएको छ।


यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि यही वर्ष सम्भावित अध्ययन गरिने जनाइएको छ। सरकारले धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरणका लागि अध्ययन थाल्ने समेत बजेटमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x