होटलका कोठामा एकल प्रयोग हुने प्लास्टिक विकल्प खोज्दै : होटल संघ
काठमाडौं, १८ जेठ । होटल संघ नेपालले वातावरणीय दिगोपनका लागि होटल कोठाहरुमा प्रयोग हुने प्लास्टिक वस्तुहरुको विकल्प खोजेको छ ।
कोभिडपछिको पर्यटलाई तिब्र गतिमा फर्काउने उद्देश्यले संघले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनिकरण गर्न क्यापाइन टु इलिमिनेट सिङ्गल युज प्लास्टिक फरम होटेल रुम सम्बन्धि औपचारिक कार्यक्रम बारे पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
संघले सदस्य होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामाग्रीहरु प्रयोग नहोस भन्ने अभियान घोषणा गरेको छ ।
यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने गरिमा उँचो हुने विश्वास लिएको संघले जनाएको छ ।
यस्तै संघले आफ्ना क्षेत्रीय संघका अध्यक्ष र कार्यकारी समितिका सदस्यहरुलाई एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरु प्रर्दशन गरी सचेतना फैलाउने प्रतिबद्घता गरेको छ ।



