Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट

काठमाडौं, १८ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रालिबिच बैंकका डेबिटरक्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट÷क्रेडिट कार्ड भएका ग्राहकहरुलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिने छ ।


कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजङ्ग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
हाल देशभर बैंकले २५८ वटा शाखा कार्यालय, २४५ वटा ए।टि।एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ्ग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x