नेप्से ७.२१ अंकले घट्यो

काठमाडौं, १८ जेठ । यस साताको तेस्रो कारोबार दिन बुधबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ७.२१ अंकले घटेर २१३०.७१ अंकमा पुगेको छ ।
बुधबार २२७ कम्पनीको ३० लाख २० हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १.१७ अंकले घटेर ४१४.४७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १० समुहका कम्पनीको कारोबार घटेको छ, भने ३ समूहका कम्पनीको कारोबार बढेको छ । यस दिन हाइड्रोपावर समुहका कम्पनीको कारोबार सबै भन्दा धेरै १६.७२ अंकले बढेको छ ।