Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

बैंक अफ काठमाण्डूको उच्च ब्याजदरको प्रिमियम प्लस बचत खाता

बैंक अफ काठमाण्डूको उच्च ब्याजदरको प्रिमियम प्लस बचत खाता

काठमाडौं, १८ जेठ । बैंक अफ काठमाण्डूले प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।


तुलनात्मक रुपमा अन्यभन्दा धेरै निशूल्क सुबिधाहरु रहेको यो बचत खातामा उच्चतम लाभ प्राप्त हुने बैंकले जारी गरेको बताएको छ ।


अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदरु भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको यो बचत खातामा ग्राहकले ८.०३ प्रतिशत ब्याजदर उपलब्ध हुने छ।


साथै १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने बचत खातामा थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ।
सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, ब्यालेन्स सर्टिफिकेट, डिम्याट एकाउन्ट, इ९कमर्स एक्टिभेसन, अन्तर बैंक शाखा कारोबार, खाताको विवरण, मेरो सेयर कनेक्ट आइपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।


बैंकले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *