Shangrila

गरिमा बैंक र जंगल भिल्ला रिर्सोट चितवन बीच विभिन्न सेवामा छुट सम्झौता

काठमाडौं, ३० जेठ । गरिमा विकास बैंकले आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्न र ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि पर्यटकिय स्थल चितवनको ‘जंगल भिल्ला रिर्सोट’सँग विभिन्न सेवा सुविधाहरुमा छुटको लागि सम्झौता गरेको छ ।


सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५ प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकले बताएको छ ।


हाल बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *