Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पु-याउन इन्टरनेटको शुल्क घटाएको सञ्चारमन्त्री कार्कीको दाबी

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पु-याउन इन्टरनेटको शुल्क घटाएको सञ्चारमन्त्री कार्कीको दाबी

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पु-याउन इन्टरनेटको शुल्क घटाएको सञ्चारमन्त्री कार्कीको दाबी

काठमाडौं, २० जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै नागरिकमा सूचना प्रविधिको पहुँच पु¥याउन सरकारले इन्टरनेटको शुल्क घटाएको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा सुरु भएको फोनपे डिजिटल इकोनमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेटमार्फत इन्टरनेट सेवामा लाग्दै आएको दूरसञ्चार सेवा शुल्क तीन प्रतिशतले घटाएको छ ।

‘यसलाई अझ सस्तो, गुणस्तरीय, बनाउनका लागि पनि सरकार सकारात्मक छ,’ उनले, ‘भने समग्रमा सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकतामा राखिएको छ ।’

सूचना प्रविधिको विकास बिना मुलुकको विकास समेत असम्भव भएको उल्लेख गर्दै मन्त्री कार्कीले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगसँगै लिएर जानुपर्ने बताए । ‘दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पु¥याउन सरकारले सहयोग गर्नेछ,’ उनले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x