Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

अर्थमन्त्री शर्माले भने- निजगढ विमानस्थल बन्छ

अर्थमन्त्री शर्माले भने- निजगढ विमानस्थल बन्छ

काठमाडौं, २२ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभालाई आज सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गरेका हुन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक रूपमा मात्र नभएर मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए ।

मन्त्री शर्माले निजगढ विमानस्थल र काठमाडौँ–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x