Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँ

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँ

काठमाडाैं, २२ जेठ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत् शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *