Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कात्तिक–मंसिरभित्रै प्रतिनिधी चुनाव हुने प्रधानमन्त्री देउवाको दाबी

कात्तिक–मंसिरभित्रै प्रतिनिधी चुनाव हुने प्रधानमन्त्री देउवाको दाबी

काठमाडौँ, २१ जेठ । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभाको चुनाव कात्तिक–मंसिरमै हुने प्रधानमन्त्री शेरबहादु देउवाले दावी गरेका छन् ।

प्रतिनिधी र प्रदेश सभाको निर्वाचन मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो दावी गरेका हुन् ।

शनिवार काठमाडौंमा केही पत्रकारसँग कुरा गर्दै उनले स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनका केही दलहरुबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा राम्रो नतिजा नआउने भन्दै तसिएकाहरुले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेको आरोप लगाए ।

यसका लागि कतिपय नेताहरुले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधि सभाको कार्यकाल गणना हुने भन्दै तर्क गरिहेकोमा प्रधानमन्त्री देउवाले सबै तर्क र प्रयास अस्वीकार गरेका हुन् ।

उनले भने, ‘हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो ग¥यो भने झन् विवाद हुन्छ, मिडिया र मिडियाकर्मीले पनि ढिलो भयो भनेर लेखिदिइहाल्नुहुन्छ, गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ, ।’

प्रधानमन्त्री देउवाले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताएका छन् ।

गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसकेकाले यो खुल्ला लोकतन्त्रमा उत्कृष्ठ रहेको दाबी गर्दै आफूलाई अहिलेको सरकार गठबन्धन नटुट्ने ठोकुवा गरे ।

गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरुबीच छलफल हुने उल्लेख गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x