Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा, मर्जरको जिम्मा संचालकलाई समितिलाई

यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा, मर्जरको जिम्मा संचालकलाई समितिलाई

काठमाडौं, २४ जेठ । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो ।


सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ ।

यो वर्ष कम्पनीको शेयरधनीको हात खाली भएको छ । कम्पनीले लाभांश प्रस्ताव नराखी मर्जरलाई मुख्य एजेण्डा बनाएको छ । कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रियाबाट पूँजी वृद्धि गर्ने योजना बनाएको छ । बीमा समितिले यो आर्थिक वर्षमा समितिले तोेकेका पुँजि वृद्धि गर्ने निर्णय सँगै कम्पनीले यो प्रस्ताव अघि सारेको हो ।

कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी २ अर्ब ५० करोड कायम गर्न भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई दिने उल्लेख गरेको छ ।

सो सभामा संस्थापक शेयरधनीहरुकोतर्फबाट चार जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना संचालकहरू र्निविरोध निर्वाचित भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x