Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

कुहिने र नकुहिने फोहर छुट्याउनू, नछुट्याए महानगरले संकलन गर्ने छैन– मेयर शाह

कुहिने र नकुहिने फोहर छुट्याउनू, नछुट्याए महानगरले संकलन गर्ने छैन– मेयर शाह

काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले घरमै कुहिने र नकुहिने फोहर छुट्याइ दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमार्फत लामो प्रतिक्रिया दिँदै कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहरहरू छुट्याएर निकाली दिन आग्रह गरेका हुन् ।

हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहरहरू छुट्टिएर निस्किउन्,’ उनले भनेका छन्,’कुहिने र नकुहिने फोहरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ तपाईहरूले अब हरेक फोहरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।’

उनले अब नछुटंयाएको फोहर महानगरले नउठाउने बताएका छन् । ‘महानगरले फोहरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ती गर्ने छैन,’ उनले अगाडि भनेका छन्, ’तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहरसँगै आफूले नछुट्याइ ल्याएको फोहर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ ।’

उनले अहिलेसम्म फोहर उठ्न नसकेकोमा माफी मागेका छन् ।

लामो समय उठ्न नसकेको फोहर मंगलबारबाट उठ्न थालेको छ । काठमाडौँबाट फोहर बोकेर गएका गाडीहरू सिसडोलबासीले रोकेका छन् । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगर र प्रभावित क्षेत्रबीच सहमित भएको थियो ।

Balen 

neSoopdtrsgamh41uu3175mc2631am09l5a21acgcg  · ‘अब फोहोर उठ्नेछ ।’ यो सबैको लागि निसन्देह: खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिदा र अफ्ठ्यारोमा पारिरहदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन । समाधान तपा… See more

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x