Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

काठमाडौं, २४ जेठ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन ।


सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम रु. १० हजारमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८० प्रतिशत सम्म ऋणपनि लिन सकिने बैंकले बताएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।


आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x