Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा माग भन्दा बढी आवेदन

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा माग भन्दा बढी आवेदन

काठमाडौं, २५ जेठ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई ४ कार्य दिनमा नै माग भन्दा बढी आवेदन प्राप्त भएको छ । थप आवेदन प्राप्त भएमा योजनाको आकार १ अर्बबाट वृद्धि गरी १ अर्ब २५ करोडसम्म कायम गर्ने भएको छ ।


एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको प्रति इकाई मूल्य १० अंकित दरको १० करोड इकाई जेठ १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा संस्था र सर्वसाधरणहरुबाट माग गरे भन्दा बढी आवेदन प्राप्त भएकोले जेठ २५ गते बुधबार बैंकिङ्ग समय पश्चात् सो इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने भएको छ ।


एन आई सी एशिया फ्लेक्सी क्याप फण्डमा आज साँझ ५ः३० बजे सम्म ९२ हजार २ सय ९० आवेदकबाट १ अर्ब ६ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ । उक्त एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आकार १ अर्बबाट वृद्धि गरी १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने बताइएको छ । योजनाको इकाई खरिद गर्नका लागि जेठ, २५ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सकिने छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप र लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।


उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिनेछ ।
उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र ९परिचय पत्र० जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x