अर्बौको लगानीमा ८ चामल उद्योग खुल्दै
काठमाडौं, २५ जेठ । नेपालमा अर्बोको लगानीमा चामल उद्योग खुल्दै छन् ।
उद्योग विभागका अनुसार अब नेपालमा ४ अर्ब ८५ करोड रुपैयाँको लगानीमा ८ वटा चामल उद्योग खुल्ने तारीमा रहेका छन् ।
एउटा उद्योग सञ्चालन भएपछि २ सय २४ जनाले रोजगारी पाउने समेत उद्योगले जनाएको छ ।
वास्वतमा भन्ने हो भने, हाल नेपालमा धानको उत्पादकत्व प्रति हेक्टर ३.८ टन छ । वर्षको करिब २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुन्छ । अपुग धान चामल छिमेकी मुलुकबाट करिब ५० अर्ब बराबर आयात हुन्छ ।
नेपालमा धानको उत्पादनमा खासै सुधार नआएपनि चामल उद्योगमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । चालु आर्थिक वर्षको साढे १० महिनामा चामल लगायत धानबाट उत्पादन हुने वस्तुको उत्पादनका लागि भन्दै ५ वटा उद्योग दर्ता भएका छन् ।