Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

‘केही व्यवसायीको इच्छामा कर परिवर्तन’ -प्याकुरेल

‘केही व्यवसायीको इच्छामा कर परिवर्तन’ -प्याकुरेल

काठमाडौं, २५ जेठ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल सीमित उद्योगी व्यवसायीलाई पोस्ने गरी नीतिगत व्यवस्था हुन थालेको आरोप लगाएका छन् ।

‘क्रोनी क्यापिटालिज्म मौलाउँदै गएको छ। एउटा सरकार आउँदा एउटालाई फेवर गर्ने र अर्को सरकार आउँदा अर्कोलाई फेवर गर्ने काम भएको छ,’ उद्योग मोरङको ४९औं वार्षिक साधारणसभामा बोल्दै प्याकुरेलले भने, ’सरकार हाम्रो अभिभावक हो। तर त्यही अभिभावकले एउटा सन्तानलाई एकदमै माया गर्ने तर अर्को सन्तानलाई नगर्ने काम भएको छ ।’

उनले बजेटमा आएको केही भन्सार दरलाई उठाउँदै विद्युतीय गाडीमा सय किलोवाटको सिलिङ लगाएर करका दर परिवर्तन हुनु शंकास्पद रहेको बताए । ‘एउटा ठूलो घरानाले सय किलोवाट भन्दा कमको विद्युतीय गाडी लन्च गर्दैछ। त्यो पनि हामीलाई जानकारी हुन्छ । हामी व्यापारीको दिमाग चाँडै घुम्छ,’ उनले भने, ’सायद उसैले केही इन्ट्रेस्ट लियो की। केही छ की ।’

उनले भन्सार दरमा भइरहेको परिवर्तनले उद्योगी व्यवसायी कन्फ्युज हुने गरेको समेत बताए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोरकुमार प्रधानले नेपालको ३० देखि ४० जना व्यवसायीले सिंगै देश चलाएको बताए ।

उनले केही उद्योगीले बैंकमा लगानी गरेर सर्वसाधरणको पैसा आफूले उपयोग गरिरहेको समेत आरोप लगाए । ‘बैंकका संचालकले कहीँ लगानी गर्न पाउँदैन। तर यहाँ कुनै संचालकले आफ्नो बैंकमा ऋण लिन पाउँदैन । उसले अर्को बैंकबाट ऋण लिन्छ। त्यहाँको लगानीकर्ताले अर्को बैंकबाट लिएर सिन्डिकेट चलिरहेको छ,’ प्रधानले भने, ’अर्बौ रुपैयाँ त्यही ३० जनामा चलिरहेको छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x