Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शेयर बजार उकास्न समिति गठन

शेयर बजार उकास्न समिति गठन

काठमाडौं, २५ जेठ । शेयर बजार निरन्तर घटेपछि अर्थमन्त्री जनार्दन शर्माले समस्या समाधान गर्न भन्दै एक समिति गठन गरेका छन् ।

उनले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक संयोजक हुने गरी नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबाट एक\एक जना प्रतिनिधि रहने गरी समिति बनाएका हुन् । सदस्य सचिवका रुपमा धितोपत्र बोर्डबाट अर्को एक जना हुने छन् ।

तीन वटै निकायले नाम टुङ्ग्याउन भने बाँकी छ । उनीहरुले नाम पठाएपछि समितिले औपचारिक रुपमा काम गर्न थाल्ने छ ।

अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई मन्त्रालय डाकेर समस्या समाधानका लागि समिति गठन गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x