Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

विद्युतीय माध्यमबाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघको परामर्श

विद्युतीय माध्यमबाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघको परामर्श

काठमाडौं, २५ जेठ । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यसँग भेटगरी सम्वद्ध विषयमा आवश्यक परामर्श गरिएको हो ।


आन्तरिक राजस्व विभागले हालै आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को मुल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरेको सूचना निकालेको छ । सोही विषयमा देखिएको अष्पष्टताका बारेमा महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राख्नु भएको थियो ।

त्यसक्रममा विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमबाट बीजक जारी गर्ने बिषयमा थप प्रष्ट पार्दै विभागका महानिर्देशक शाक्यले १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरिएको प्रष्ट पार्दे यसले लेखा प्रणालीलाई ब्यवस्थित बनाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँका अनुसार यो ब्यवस्था अनुसार विद्युतीय विजक जारी गर्दा त्यो केबल ब्यवसायीको लेखा प्रणालीमा मात्रै आवद्ध हुने छ । जसले ब्यवसायीलाई विद्युतीय कारोबार गर्ने बानी बसाल्ने उनको भनाई छ ।


महानिर्देक शाक्यसँगको भेटका क्रममा महासंघका उपाध्यक्ष विपिन रामुदामु लगायको उपस्थिति थियो । त्यसक्रममा सुनचाँदी ब्यवसायका विभिन्न पक्षमाथि छलफल भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x