Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सेयर बजारका समस्याबारे अध्ययन गर्न समिति गठन

सेयर बजारका समस्याबारे अध्ययन गर्न समिति गठन

काठमाडौं, २६ जेठ । अर्थ मन्त्रालयले सेयर बजारका समस्याबारे अध्ययन गर्न एक समिति गठन गरेको छ । समितिले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आउनु अगाडि नै समाधानका उपायसमेत समेटेर प्रतिवेदन दिने बताइएको छ ।

मन्त्रालयका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिलाई संयोजक तोकिएको छ । बोर्डकै एक प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एक/एक जना प्रतिनिधि रहने गरी समिति गठन भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय सेयर बजार निरन्तर घटेसँगै लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x