पोखरामा अन्तर्राष्ट्रिय ताल सम्मेलन 

काठमाडौं, २९ बैशाख । पोखरामा शुक्रबारदेखि अन्तर्राष्ट्रिय ताल सम्मेलन सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मेलनको उद्घाटन गर्दै ताल संरक्षणका लागि स्थानीय जनता नै बढी जिम्मेवार हुनुपर्ने धारणा राखे ।

तालको संरक्षणले सौन्दर्य बढाउने भएकाले मानवीय र प्राकृतिक अतिक्रमणबाट ताल जोगाउनुपर्ने उनले बताए । प्रदेश नम्बर–४ का पर्यटनमन्त्री विकास लम्सालले ताल संरक्षणका लागि अदालतले गरेको निर्णय छिट्टै कार्यान्वयन गरिने बताए ।

सम्मेलनमा जापान, भारत,नेपाल, बगंलादेशलगायत सात राष्ट्रका विज्ञको सहभागिता छ । सम्मेलन आज सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *