Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा दुई दिनदेखि इन्धन बोकेका ट्यांकर भारतमै रोकिए

भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा दुई दिनदेखि इन्धन बोकेका ट्यांकर भारतमै रोकिए

काठमाडौं, ३० जेठ । भारतीय भन्सार कार्यालयले समयमै सिस्टम अपडेट नगर्दा पेट्रोलियम पदार्थ बोकेर नेपाल आउने ट्यांकर शनिबारदेखि भारतमै रोकिएका छन ।
सो कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भने पनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात रोकिएको नेपाल आयल निगमको भलवारी डिपोले जनाएको छ ।
भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि ल्याइएको पेट्रोलियम पदार्थ सीमा पारीनै रोकिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख नव बिनोद पोखरेलले जानकारी दिएका छन ।
‘भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नु पर्छ, शुक्रवारदेखि लागू भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड राख्न ढिला भएको भन्ने जानकारी आएको छ,’ पोखरेलले भने ।
अहिले नेपाल भारत सिमानामा इन्धन बोकेका गाडीहरुको लाम लागेको छ । नेपालमा भारतीय आयल कम्पनी ९आइओसी० मार्फत इन्धन आउने गर्छ ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले ट्यांकर शनिबारदेखि भारतमै रोकिएको भएपनि सोमबार बिहान मात्रै जानकारी पाएको बताए ।
‘आइओसीको सिस्टममा केही परिवर्तन भएकोले आयात रोकिएको रहेछ । तत्काल इन्धन आयात सहज बनाउन समन्वय गरिरहेका छौँ,’ उनले भने।
भैरहवा भन्सार हुँदै दैनिक २०र३० वटा इन्धन बोकेका ट्यांकर नेपालमा आउँछन्। बेलहिया नाका हुँदै आउने इन्धन लोड भएका ७० वटा ट्यांकर सीमापारी नै रोकिएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x