Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सूर्या लाइफ इन्स्योरेन्सको बागमति प्रदेश स्तरिय बिज्नेस बिल्डिङ्ग सेमिनार

सूर्या लाइफ इन्स्योरेन्सको बागमति प्रदेश स्तरिय बिज्नेस बिल्डिङ्ग सेमिनार

काठमाडौं, ३० जेठ । सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी अभिकर्ताहरु माझ सम्पन्न गरेको छ ।


बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ्गको अतिथ्य रहेको थियो । उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमति प्रदेशका अभिकर्ताहरुको उत्साह जनक सहभगिता रहेको थियो ।


कार्यक्रममा २०२३ को एमडिआरटी हरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेश अन्तर्गत आफनो व्यक्तिगतकोडमा अधिकतम बिमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो ।

लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल हुनु भएको थियो ।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले “मेरो पहिलो पोलिसी” अभियान सुरु गरेकोछ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पुर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।
बागमति प्रदेश प्रमुख शुशिल चापागाईं, बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तलिमहरु दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x