Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड : टिइपिसी कार्यकारी निर्देशक राणा

आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड : टिइपिसी कार्यकारी निर्देशक  राणा

काठमाडौं, ३१ जेठ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
भक्तपुर चेम्बरको आयोजनामा मंगलबारदेखि भक्तपुरमा सुरु भएको चारदिने तालिम उद्घाटन गर्दै उनले निर्यातलाई बढाई आयातलाई प्रतिस्थापन गर्नेतर्फ सवैका ध्यान जानु आवश्यक भएको बताए । अहिलेको अवस्थामा निर्यात भन्दा आयात १० गुणाले बढिरहेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरे ।

भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ९टिइपिसी० को संयुक्त आयोजनामा सम्भावित अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चारदिने तालिम उद्घाटन कार्यक्रममा आयोजक भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले यही मनसायले तालिम सञ्चालन गरेको स्पष्ट पारे ।
जिल्लामा बसेर आयात निर्यातमा काम गरिरहेका व्यापार व्यवसायीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उनले जनाए । उनका अनुसार यस्तो प्रकारको तालिम यो नै जिल्लामा पहिलो हो । तालिममा विभिन्न क्षेत्रका आयात निर्यातसँगै सम्बन्धित २५ व्यवसायीहरू सहभागी रहेको जनाइएको छ । तालिम असार ३ गतेसम्म सञ्चालन हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x