Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा अधिकारी नियुक्त

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा  अधिकारी नियुक्त

काठमाडौं, १ असार । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी नियुक्त भएका छन ।


सञ्चालक समितिको मंगलबार भएको बैठकले कम्पनी ऐन २०६३ को दफा ९३० तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को निर्देशिका अनुसार उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

एनएलजी इन्स्योरेन्सले अधिकारीलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । नेशनल लाइफ इन्स्योरेन्सका सञ्चालकहरुको ५० प्रतिशत लगानी साझेदारी रहेको यो कम्पनीका सञ्चालक समिति अध्यक्ष विमलप्रसाद वाग्ले छन्। सञ्चालक समितिमा भरतबहादुर बस्नेत, सुरेशप्रसाद खत्री, शालिनी राणा शाह र भरतकुमार थापा छन ।

यसमा राष्ट्रिय वाणिज्य बैंक र प्राइम कमर्सियल बैंकको ३ प्रतिशत लगानी छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x