Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

धादिङमा किसानले रासायनिक मल लुटे

धादिङमा किसानले रासायनिक मल लुटे

धादिङ, ५ असार । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् ।

भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराए पछि झन्डै ५ सय जना किसानले पृथ्वी राजमार्गको बिच सडकमै ट्रक रोकेर नियन्त्रणमा लिएका हुन् ।

व्यापारीहरुले केही समयदेखि भन्सार छलीेर धादिङका स्थानीय बजारमा मल कालोबजारी गरेर बेच्दै आएको आरोप पनि लागेको छ । विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगेको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x