Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा र अन्तरक्रिया कार्यक्रम

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा र अन्तरक्रिया कार्यक्रम

काठमाडौं, ६ असार । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा गत जेठ २८ गते गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


सो घुम्ति बीमा सेवाबाट बीमाशुल्क रकम ८ लाख ८१ हजार ७ सय ५० संकलन गरिएको बताइएको छ । सो अवसरमा इश्मा गाऊपालिका वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।


इन्स्योरेन्स प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लि.का अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x