Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बिम्स्टेक मन्त्रीस्तरीय सम्मेलन सुरु हुँदै

बिम्स्टेक मन्त्रीस्तरीय सम्मेलन सुरु हुँदै

काठमाडौं, साउन २६ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको पहल (बिम्स्टेक) को मन्त्रीस्तरीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिम्स्टेकको अध्यक्ष रहेको नेपालले सन् २०१७ को अन्त्यसम्म नेपालमा चौथो शिखर सम्मेलनको तयारीका लागि मन्त्रिस्तरीय बैठक आयोजना गरेको हो । बिम्स्टेक सदस्यहरु – नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्यान्ड र श्रीलङ्का – का राष्ट्र प्रमुखहरु शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भन्दा विमस्टेकलाई क्षेत्रीय संगठनको रुपमा अघि बढाउन चाहेको छ । आज हुने मन्त्रिस्तरीय बैठकमा सदस्य देशका परराष्ट्रमन्त्रीहरु सहभागी हुनेछन् । बैठकमा विशेषगरी यस क्षेत्रमा यातायात, रेल, प्रविधि, पर्यटन, लगानी, ऊर्जालगायत क्षेत्रमा सम्बन्ध जोड्ने ९कनेक्टिीभिटी० लाई प्राथमिकतामा राखिएको छ । यसअघि भारतको गोवामा ‘बिम्स्टेक ब्रिक्स आउटरिच सम्मेलन’ भएको थियो । उक्त सम्मेलनका सहमतिहरु अघि बढाउन कार्यदल पनि गठन भएको छ ।
बिम्स्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ।

दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको स्थापना सन् १९९७ मा भएको हो । सन् २००४ मा नेपालले सो सङ्गठनले सदस्यता प्राप्त गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x