Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

होन्डाले ल्यायो ‘मनसुन एक्सचेन्ज’

होन्डाले ल्यायो ‘मनसुन एक्सचेन्ज’

काठमाडौं, ७ असार । होन्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै निःशुल्क चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना २०७९ असार ५ देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । योजनाअन्तर्गत उपत्यकाभित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन् ।

नेपालमा सर्वाधिक रुचाइएको होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x