Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लगतार ३ दिन ओरालो लागेको नेप्से चौंथो दिन ३७.४९ अंकले उकालो

लगतार ३ दिन ओरालो लागेको नेप्से चौंथो दिन ३७.४९ अंकले उकालो

काठमाडौं, ७ असार । केही दिन सम्म लगतार ओरालो लागेको शेयर बजार यस साताको तेस्रो कारोबार दिन मंगलबार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० अंकमा पुगेको छ ।


मंगलबार २३१ कम्पनीको ३७ लाख १२ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब २३ करोड ८५ लाख १८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ८.१८ अंकले बढेर ३७४.३७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार २०४.२७ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा २.२९ अंकले कारोबार बढेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x