सवारी साधनको आयात प्रतिबन्ध खोल्न नाडाको माग
काठमाडौं, ७ असार । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले सरकारले कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाएको अवस्थामा त्यसको फुकुवाको लागि आग्रह गरेको छ ।
अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसंग भेटे गरी सवारी साधनहरुको आयातमा लगाइएको प्रतिबन्धको फुकुवाको लागि अनुरोध गरेका हुन ।