Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कुमारी बैंक र महाराजा रिसोर्ट बुटवल बीच सम्झौता

कुमारी बैंक र महाराजा रिसोर्ट बुटवल बीच सम्झौता

काठमाडौं, ७ असार । कुमारी बैंक लिमिटेड र कालिकानगर, बुटवल स्थित महाराजा रिसोर्ट प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सो रिसोर्ट बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।


सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविन मुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका हुन ।


डजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको बैंकले बताएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x