Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, उडान नियमित

वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, उडान नियमित

काठमाडौं, ८ असार । वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएका हुन्। यससँगै उडान नियमित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका वायु सेवा सञ्चालकहरूले उडान नभर्ने घोषणा गरेका थिए।

तर, दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो। गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्न सहमत भएका हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x