एफएनसीसीआईको ५० विजनेश, ५० लगानीकर्ता कार्यक्रममा २० नवीनतम व्यवसायद्धारा योजना प्रस्तुत
काठमाडौं, १० असार । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश. ५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन् । महासंघको यस कार्यक्रम अन्तरगत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ ।
मुलुकभित्र नविनतम सोंच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम शुरु गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो ।
महासंघ आफैले आवेदन मार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ÷संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसंग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ शेशनमा भाग लिएका थिए ।
पिचिङ शेशनमा कृषि, उत्पादनमुलक, खानपीन, सूचना प्रविधि, सेवासंग सम्बन्धित विजनेश योजना प्रस्तुुत भएका थिए । महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत वर्ष चैत्र ९ गते ५० विजनेश÷५० लगानीकर्ता घोषणा गरेको थियो ।
पिचिङ शेशनमा आमा एग्रो प्रा.लि., रासन टेक प्रा.लि., नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनुअरशिप सर्भिस(नेम्स),अन्सु टेक्नोलोजि प्रा.लि., लुक्ला आउटडोर,पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स,बिहे नेपाल,सारङ,कारखाना,ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस, टेका, बोआफ्रेश,ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसीस रहेको बताइएको छ ।
महासंघले पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवद्र्धनमा काम गर्दै आएको छ । महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ ।
यूवा उद्यमशीलता विकास र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायलाई सहयोग गर्नुपर्र्ने महासंघको निरन्तर पहलमा स्टार्टअप व्यवसायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू रहेको बताइएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नविनतम सोंच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुुुरयाउने विश्वास प्रकट गरेका थिए ।