Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कामना सेवा बैंकको केएस इमोबाइलमा अब नेपाल प्ये क्यूआर

कामना सेवा बैंकको केएस इमोबाइलमा अब नेपाल प्ये क्यूआर

काठमाडौं, १० असार । कामना सेवा विकास बैंक लिमिटेड द्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल प्यपेन्ट स्वीच अन्तर्गत नेपाल प्ये क्यूआरलाई आफ्नो मोबाईल बैंकिङ्ग केएस इमोबाइलमा एकीकृत गरिएको छ ।

बैंकले ९ गते बिहीबारबाट नेपाल प्ये क्यूआरका मर्चेन्टहरुलाई केएस इमोबाइलको क्यूआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।


यस सँगै कामना सेवा विकास बैंक नेपाल प्ये क्यूआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्यूआर प्येमेन्ट प्रयोग गरी नेपाल प्ये क्यूआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x