Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन बीच समझदारी

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन बीच समझदारी


काठमाडौं, १५ असार । एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान) बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनको लागी असार ९ गते समझदारी भएको छ ।
उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बंैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ । यी सेवाहरुले गर्दा टानका सदस्यहरुलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको बताएको छ ।


एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x