Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से ७४.९३ अंकले उकालो, २ अर्ब बढीको कारोबार

नेप्से ७४.९३ अंकले उकालो, २ अर्ब बढीको कारोबार

काठमाडौं, १६ असार । यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयर कारोबार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ अंकमा पुगेको छ ।


बिहीबार २२७ कम्पनीको ७२ लाख ५४ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक १२.६३ अंकले बढेर ३९१.७९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३.३३ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार २९६.०५ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा ३.०६ अंकले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x